मकवानपुर । मकवानपुरको कालिदमारमा गौबध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बकैया गाउँपालिका ११ कालिदमार बस्ने ३८ वर्षीय जनकबहादुर लोहार लगायत १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
बकैया गाउँपालिका ११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५० केजी गाईको मासु सहित नियन्त्रणमा लिएको मकवानपुर प्रहरी कार्यालले जनाएको छ ।
पक्राउ परेका सबैलाई गौबध मुद्वा दर्ता गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















