नवलपरासी । जिल्लाको रामपुरुवामा वुवाले कुटपिट गरेर छोराको हत्या गरेका छन् । पाल्हिनन्दन गाउँपालिका १ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको आफ्नै बुवाले कुटपिट गर्दा मृत्यु भएको हो ।
मृत्तकका ४५ वर्षीय बुवा सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
हत्या आरोपी चमारलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।




















