महोत्तरी । महोत्तरीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
सोनमा नगरपालिका २ तरारी बस्ने ५५ वर्षीय रामप्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् ।
सोमना नगरपालिका ७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका रामप्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।
कुटपिटमा संलग्नहरुलाई गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।




















