काठमाण्डौं । नेकपा एमालेको नाराबाजी बिच प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी एमाले संसद सुचारु हुना साथै नाराबाजी सुरु गरेको भएता पनि विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ ।
त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि अहिलेको बजेट होलिडेको अन्त्य हुने छ ।




















