धनुषा । धनुषाको धर्मपुरमा पोखरीमा डुबेको अवस्थामा आमा–छोराको शव फेला परेको छ ।
धनुषाधाम नगरपालिका २ को धर्मपुर निवासी २८ वर्षीया पत्नी अर्चना सिंह र ४ वर्षीय कुशकुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतका अनुसार आमा छोरा दुवै जना घर नजिकैको पोखरीमा डुबेर मृक्त अवस्थामा फेला परेको बताए ।
घटनाका सम्बन्धमा प्रहरीले शुष्म रुपमा अनुसन्धान थालेको प्रनाउ बस्नेतले जानकारी दिए ।




















