फाईल तस्बिर
काठमाण्डौं । हाँस्य कलाकार रमेश केसी अर्थात बटारेको सुटिङका क्रममा ज्यान गएको छ । राजधानीको छन्दे स्टुडियोमा भिडियो सुटिङका क्रममा केसीको ज्यान गएको हो ।
सुटिङ भई रहदा एक्कासी ढलेको केसीलाई उपचारका लागी गंगालाल अस्पताल लगिएको भएता पनि चिकित्सकहरुले उनलाई मृत्त घोषित गरेका थिए ।
हर्के हवल्दारको सुटिङमा तारकेश्वर नगरपालिका ६ को महाँकालमा बिहान म्युजिक भिडियो सुटिङ गर्दा उनलाई हर्ट अटाक भएको थियो ।
लामो समय देखी मुटु सम्वन्धी रोगबाट पिडित केसीको आज पशुपति आर्यघा६मा अन्येष्टि गरिदै छ ।
केसीले आफ्नो जिवनकालमा नाटक, म्युजिक भिडीयो, हाँस्य टेलिसिरीयल तथा ठुला पर्दामा समेत काम गरिसके छन् ।




















