फाईल तस्बिर
सुर्खेत । बिरेन्द्रनगरको भावरटोलको एक होटलबाट कस्तुरीको २ थान बिना सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरेन्द्रनगर नगरपालिका १२ को भावरटोलस्थित होटलबाट कस्तुरीको बिना सहित दैलेख महावु गाउँपालिका ६ स्थायी ठेगाना भई होटल संचालन गरी बस्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका २ बस्ने ६० वर्षीय रणबहादुर बोहरा रहेका छन् ।
उक्त होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरीएको सुर्खेत प्रहरीले जनाएको छ
।
पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।




















