साँकेतिक तस्बिर
महोत्तरी । महोत्तरीमा २२ थान जाली नेपाली नोट सहित १ जना यूवकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
औरही नगरपालिका १ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टुकुमार रायलाई प्रहरीले पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले औरही बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका रायका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।




















