काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ३८५ नमूना परीक्षणका क्रममा शनिबार १ हजार ६६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ८ हजार ५४० जनाको पीसीआर गर्दा ८३५ जना र २ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ८३ हजार ९१० जना र एन्टिजेन तर्फ ८८ हजार ८९० जना पुगेका छन् ।
शनिबार नै १ हजार २३४ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ४७ हजार ८०० जना पुगेका छन् ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६ जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सख्ंया ११ हजार २८ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ८२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३८९ जनाको भेन्टिलेटरमा र १२१ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १ लाख ७० हजार ३१७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।





















