साँकेतिक तस्बिर
काठमाण्डौँ । कोरोना महामारी संगै जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ । नेपालबाट रि–इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाएको हो ।
जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचना अनुसार नेपालबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ । सेप्टेम्बर २० तारिख अर्थात असोज ४ गतेदेखि जापानको आवासीय भिसा भएका रि–इन्ट्री बाहक नेपाली नेपाल–जापान यात्रा गर्न सक्नेछन् ।
जापानमा कोभिड संक्रमणदर केही कम भएको र संक्रमण घटेसँगै खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहकको प्रवेशलाई खुलाएको हो ।
जापान सरकारले प्रवेशमा निषेध गरेका कारण सयौं नेपाली तेस्रो मुलुकमा १४ दिन क्वारेन्टिन बसेर जापान जाने गरेका थिए ।




















