साँकेतिक तस्बिर
दाङ । आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका ९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
छविनारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आए पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















