काठमाण्डौं । सरकारले चीनमा खरिद गरेको ४४ लाख भेरोसेल खोप आजै काठमाण्डौं आइपृग्न. भएको छ ।
नेपाल वायु सेवा निगका अनुसार खोप ल्याउन वाइडबडी विमान बेइजिङवाट खोप लिएर दिउसो काठमाण्डौं आईपुग्ने छ ।
खोप लिएर विमान दिउँसो २ः०० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल आइपुग्ने छ । सरकारले चीनमा खरिद गरेको ६० लाख डोज खोपमध्ये यसअघि १६ लाख डोज ल्याइसकेको छ ।
चीनबाट आउने भेरोसेल ४० बर्ष माथिको उमेर समूहलाई लगाउने तयारी भईरहेको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख डोज खोप ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप खोपहरु पनि आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।




















