दमौली । तनहुँको मुसेखोलामा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ७ ख ९२३७ नं.को ट्रक व्यास नगरपालिका १ को मुसेखोलामा दुर्घटना हुदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ । मृत्तक चालकको नाम भने खुल्न सकेको छैन ।
दुर्घटनामा परी ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । सामान्य घाइते भएका बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।
ट्रक सडकबाट १० मिटर तल खोलामा खसेको छ । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।




















