बन्दीपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँकोबन्दिपुरमा शुरु भएको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक एक होटलमा सुरु भएको हो ।
बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी छन । बैठककक्षमा पत्रकारलाई प्रवेश दिर्इएको छैन भने बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने नियम राखिएको छ ।
बैठक यही ५ गतेसम्म सञ्चालन हुने चन्द नेकपाले जनाएको छ । बैठकमा सहभागी हुन सो पार्टीका महासचिव चन्द बिहीबार नै बन्दीपुर आई पुगेका थिए ।
बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस सञ्चालन गरिएको छ ।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।




















