साँकेतिक तस्बिर
काठमाण्डौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफुहरु सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्थामा नरहेको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिनामै निराश बनाउन थालेको भन्दै सरकारको प्रतिरक्षा गर्न अप्ठ्यारो परेको बताएका हुन् ।
संचारकर्मीसंग कुरा गर्दै थापाले कांग्रेसको कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न नसकिने र खुम्चिनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसका लाखौँ लाख कार्यकर्तालाई जवाफविहीन बनाएको आरोप समेत लगाए ।
अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएकाले बेलैमा सोच्नुपर्ने थापाले बताए । उनले सरकारको कार्यशैली तत्काल सुधार नगर्ने हो भने कार्यकर्तामा थप निराश आउने ठोकुवा समेत गरे ।




















