काठमाण्डौं । काठमाण्डौं बाट ओखलढुंगा जादै गरेको यात्रुवाहक जिप रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप पुष्पलाल मार्ग अन्र्तगत मन्थली नगरपालिका ६ कुनौरी भिरमा दुर्घटना भएको हो ।
मृतकमध्ये १ जनाको पहिचान खुलेको छ । अन्य २ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा १ जना बालक समेत घाइते भएका छन । घाइते १२ बर्षका बालकको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । कुनौरी भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको थियो ।




















