एजेन्सी । अमेरिकाको लुजियानामा निकोलश तुफान आउनु अगाडि संकटकालको घोषणा गरिएको छ ।
हरिकेन आइदाबाट थलिएको लुजियानाले निकोलश तूफानको सामना गर्नु पूर्व नै त्यस राज्यका गभर्नर जोन बेल एडवार्डले संकटकालको घोषणा गरेका हुन् ।
निकोलश तूफान दक्षिणी गल्फ अफ मेक्सिकोमा निर्माण भएर शत्तिशाली हुदै लुजियाना तर्फ बढीरहेको छ ।
लुजियानाका केही भागमा निकोलशका कारण बाढी र भारी बर्षाको अनुमान गरिएको छ । साताको मध्यसम्म यस्तो सम्भावना रहेको भन्दै संकटकालको घोषणा गरिएको हो ।
सन् २०२० मा हरिकेन लाउराले प्रभाव पारेको क्षेत्रमा नै निकोलश तूफानको प्रभाव पर्ने अनुमान गरिएको छ ।
निकोलशका कारण ६५ माइल प्रतिघण्टासम्मको गतिमा आँधी आउने अनुमान रहेको छ ।




















