लमजुङ । लमजुङको सदरमुकाम बेंसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाईते भएका छन् ।
आइतबार राती ११ः५० बने भएको दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बेंसीसहर नगरपालिका ८ का २० वर्षीय राजेश परियारको ज्यान गएको लमजुङ प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार राति बेंसीसहर नगरपालिका ८ भीमसेनस्थानमा ग.२१ प १७५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । प्रहरीका अनुसार मनाङे चौताराबाट सेराचोकतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलचालक बेंसीसहर नगरपालिका ८ बस्ने २१ वर्षीय मनोज मरहठ्ठा घाइते भएका छन् ।




















