साँकेतिक तस्बिर
काठमाण्डौं । आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सामग्री उपलब्ध गराइदिने विश्वासमा ४२ लाख रुपैयाँ भन्दा बढी गठी गर्नेलार्य प्रहरीले पक्राउ गरेको छ ।
सामाग्री दिने बहानामा ४२ लाख २४ हजार ठगी गरेको भन्दै प्रहरीले ललितपुर महानगरपालिका ४ बागडोलका ४२ वर्षीय सरल रानालाई प्रहरीले पक्राउ गरेको हो ।
सरल समेतका अन्य व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ भन्दै ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स विभिन्न साईजमा १०० प्रतिको प्रति बाकस ३३० भारतीय रुपैयाँ दिने भन्दै बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।
उक्त नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहिन भई झुक्यानमा पारेको भन्दै प्रहरीमा उजुरी परे पछि ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सरललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ ।




















