नेकपा एमालेले संसदमा गरेकाे अवराेध
काठमाण्डौं । नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आज दिउँसो २ः३० बजेको लागि सर्वदलीय बैठक बोलाका हुन् ।
बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । संसदको चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध गर्दै आएका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन ।
आइतबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।




















