काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेर नाराबाजी गरे पछि सभामुखले १५ मिनेटको लागी संसद बैठक स्थगन गरेको हो ।
सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन् । तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले एमालेको सांसदहरुलाई आफ्नो अधिकार खोज्दा अरूको अधिकारमा पनि ध्यान दिन आग्रह गरेका छन् ।
सभामुख सापकोटाले ‘मैले कानुन अनुसार बैठक चलाएको छु । यसमा सबैले मनन गरेर मलाई सहयोग गर्नुहोस् । संसदीय मर्यादा कायम राखेर अब संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्छु । संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु । संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु ’ भने ।
आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय भएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको हो ।
संसद बैठक चलाउन सक्ने अवस्था नभएकाे भन्दै अर्काे बैठक २७ गते बस्ने गरी आजकाे बैठक स्थगित गरिएकाे छ ।




















