काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरुलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले सभामुख अग्नि सापकोटाले नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेको भन्दै संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।
यस अघि संसद अवरोध गर्दा सर्वत्र बिराेध भए पछी भने ओलीले साँसदहरुलाई संसदीय मर्यादाभित्र रहन र बुइँ चढेर रोष्टम उक्लने प्रयास नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उनले संसदीय मर्यादाभित्र तोकिएका नाराहरु लगाउन निर्देशन दिएका हुन् ।




















