पोखरा । पोखरा महानगरपालिका ६ लेकसाईडबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका ८ देवदह बस्ने ३० वर्षीय संगम थापा र स्याङ्जा बाहाकोट घर बताउने २५ वर्षीय दर्शन ठकुरी रहेका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुबाट नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई शनिबार पक्राउ गरेको छ ।




















