पोखरा । नेपली काँग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले उमेद्वारी दर्ता गराएका छन् । आसन्न नेपाली काँग्रेस नगर निर्वाचनमा पराजुलीले पोखरा महानगरको सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पराजुलीले पत्रकार सम्मेलन गर्दै लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताए । पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले भन्दै त्यसलाई सुधार गर्नको लागि आफूले उमेद्वारी दिएको बताए ।
पत्रकारहरुले पत्रकारिता क्षेत्रमा लागेको व्यक्ति किन राजनीतिमा ? भन्ने जिज्ञाशामा पराजुलीले आफू विद्यार्थीकालदेखि नै राजनीति क्षेत्रमा लागेको जानकारी गराउदै पछिल्लो समयमा कांग्रेसको तहमा रही काम गरेको अनुभव भएकोले सभापतिको उम्मेदवारी दिएको जानकारी दिए । कांग्रेसकै विभिन्न संगठनमा आबद्व पराजुली बिद्यार्थी राजनीतिमा जेलपनि परि सकेका छन् ।
पराजुली अहिले ट्रेड युनियन मातहतको प्रेस युनियनको नेतृत्व तहमा रहेर काम गरिरहेका छन् । पत्रकार सम्मेलनमा ‘अब पत्रकारिता क्षेत्रको विट मार्दै काँग्रेसको राजनीतिमा सक्रिय भएर काम गर्ने’ उनँले बताए ।
आफ्नो उम्मेदवारी पोखरा महानगरमा देखिएका विकृति, विसंगति र वेथितिलाई सुधार गर्न भएको भन्दै लामो समय पत्रकारिता गर्दा धेरैजनालाई पत्रकारिता सिकाएको र अब कांग्रेसमा आवद्ध क्रियशिल सदस्यदेखि नेतृत्व गर्ने युवाहरुलाई प्रशिक्षण गराउनु आफ्नो अर्को उद्वेश्य रहेको पनि पत्रकार सम्मेलनमा जानकरी गराए ।
नेपाली कांग्रेसको गुमेको साख फिर्ता ल्याउने, अन्याय अत्याचारसँग लड्न सक्ने कांग्रेस बनाउने सोंचका साथ अगाडि बढेको पराजुलीले पत्रकार सम्मेलनमा बताए ।





















