काठमाण्डौँ । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेरका कान्छा छोराको आज निधन भएको छ ।
व्यवसायी समेत रहेका रूक्म शमशेर राणाको बत्तिसपुतलीस्थित निवासमा ८६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
उनी केही वर्षयता मिर्गौला मधुमेह र उच्च रक्तचापको समस्याबाट जुधिरहेका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्षसमेत थिए ।




















