पोखरा । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखराबाट एक पुरुषलाई पक्राउ गरिएको छ ।
महानगरपालिका ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बुलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















