काठमाण्डौं । तनहुँका बालक मोहम्मद उस्मान अलीको उपचारमा पैसा अभाव हुन थालेको छ ।
शुक्लागण्डकी नगरपालिका ५ निवासी मुबारक अलि मियाँका छोरा मोहम्मद जन्मिएको ३ महिना देखी स्पाईनल मस्कुलर एट्रोपी टाईन वान (एसएमए), मेरुदण्ड सम्बन्धी दुर्लभ रोग लागेका कारण अहिले राजधानीको कान्तिबाल अस्पतालमा उपचाररत छन् ।
बालकको उपचारमा २७ करोड खर्च हुने कान्तिबाल अस्पतालले जनाएको छ । विश्व बजारमा नै यसको उपचार बिधि एवं औषधी निकै महँगो मानिदै आएका कारण बालकको उपचारमा समस्या हुन थालेको परिवारजनले जनाएको छ ।
केही सहयोगीहरु मार्फत अहिले ६० लाख रुपैयाँ उठेको बालकको परिवारले जनाएको छ । बालकको उपचारमा धेरै पैसा खर्च हुने भए पछि परिवारले सबैलाई सहयोग गरेर बालकको उद्वार गरिदिन आग्रह गरेको छ ।
मोहम्मद उस्मान अलीको नाममा प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको १७२०००६८ए६ नम्बरको खातामा पैसा जम्मा गरेर वा उनका अभिभावक मुबारक अलीको टेलिफोन नम्बर ९८१४१२८८६६ मा फोन गरेर पनि सहयोग गर्न सकिने परिवारजनले आग्रह गरेका छन् ।
एउटा अबोध बालक जसले जन्मीए लगत्तै दुर्लभ रोग संग लडिरहेको छ उसलाई सहयोग गर्नु तपाई हाम्रो कतब्र्य पनि हो । सबैको सहयोग भएको खण्डमा बालकको उज्वल भविष्य सुनिश्चित देखिन्छ ।




















