काठमाण्डौँ । विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ ।
त्यस्तै गरी विश्वभर ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
अहिलेसम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छन् ।
उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा मात्रै पनि विश्वभर ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा ९ हजार २६४ जनाको ज्यान गुमाएका छन् ।




















