काठमाण्डौं । नोबल कोरोना भाइरसका कारण आज थप १ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ११ हजार ९४४ मा नमुना परीक्षण गर्दा बिहीबार १ हजार २७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ८ हजार ८९८ जनाको पीसीआर गर्दा १ हजार ४७ जना र ३ हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा २१३ जनामा संक्रमण देखिएको छ।
आज संक्रमण देखिएका सहित संक्रमितहरुको संख्या पीसीआर तर्फ ७ लाख ७४ हजार ५८७ जना र एन्टिजेन तर्फ ८६ हजार २१९ जना पुगेका छन् ।
बिहीबार नै १ हजार ८४५ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित ७ लाख ३५ हजार ६ जनाले अहिले सम्म कोरोना जित्न सफल भएका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ छ । पछिल्लो २४ घन्टामा ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
बिहीबार ४५८ जनाको आइसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





















