नवलपुर । बच्चाको बिषयमा झगडा गरेर बेपत्ता भएका श्रीमान सम्र्पक बिहिन भए पछि अहिले अस्मिता बिचल्लीमा परेकी छिन ।
म्याग्दी घर भएर चितवनमा फलफुल मण्डीमा ज्यालादारी काम गर्दै आएका कमल पटेल १ महिना देखी सम्र्पक बिहीन भएका हुन् । ज्यालादारी गरेर नवलपुरको गैडाकोटमा डेरामा बस्दै आएका पटेका श्रीमती र छोरा बिचल्लीमा परेका छन् ।
‘पहिला पनि एक पटक झगडा भएर गोरखाको बारपाकमा बसेर ३–४ महिना काम गरेर फर्कनु भएको हो । अहिले फेरी बच्चाको बारेमा झगडा गरेर डेरा छाडनु भएको पनि १ महिना भयो । कहाँ जानु भयो सम्र्पक बिहीन हुनु हुन्छ’ पटेलका श्रीमती अस्मिता परियारले बताईन । ‘मोबाईल पनि कोठा नै छाडेर जानु भएको छ । अहिले सम्म पनि सम्र्पकमा आउनु भएन’ अस्मिताले रुदै भनिन् ।
पटेल यस अघि पनि सामान्य घर झगडा गरेर गोरखाको बारपाकमा गएर मिश्रीकाम गर्दै आएको आधारमा यस पटक पनि उनी गोरखाको बारपाकै गएको हुन सक्ने भएका कारण चिने जानेकाहरुले घरमा सम्र्पक गराईदिन अस्मिताले आग्रह समेत गरेकी छिन् ।
लामो समय सम्म श्रीमान सम्र्पक नआए पछि साहु संग लिएको ऋण तिर्न दवाव दिदै दिन दिनै कोठामा आउने गरेको पनि उनले सुनाईन । ‘कमाई केही छैन । समूहबाट निकालेको पैसा तिर्न नसक्दा कोठामा नै आएर कराउन थालेको’ भन्दै अस्मिताले ‘साथमा रहेको बच्चालाई खुवाउने खाद्यान्न समेतको समस्या हुन थालेको’ बताईन ।
श्रीमान श्रीमती बिच घर झगडा हुदाँ अस्मिता माईत गएको बेला श्रीमान मोबाईल कोठामा नै छाडेर जाडोमा लगाउने कपडा सहित बेपत्ता भएका कारण पनि उनी उच्च पहाडी क्षेत्रमा नै काममा गएको हुन सक्ने अस्मिताको बुझाई छ ।
श्रीमान बेपत्ता भए लगत्तै चितवनकै केही मिडीयाँलाई आफ्नो बारेमा जानकारी गराएको भएता पनि अहिले सम्म पनि श्रीमानको अत्तोपत्तो नलाग्दा अस्मिता झनै आत्तिन थालेकी छिन् ।
श्रीमान बेपत्ता हुनु भन्दा अगाडी ससुरा संग मिलेर ठेक्का पट्टा लिने तथा जारझाली भर्ने काम गर्दै आएको पनि अस्मिताले बताईन । श्रीमानका धेरै साथीहरु रसुवा तिर काम गर्न गएको भन्ने सुनेको हुदाँ उनी पनि उतै गयो की भन्ने अस्मितालाई शंका छ । ‘प्रहरीमा पनि खबर गरे खै केही अत्तोपत्तो लागेन । अरु त प्रहरीले पनि पत्ता लागने मेरो चाही केही थाहा पाउन सकिन’ उनले प्रहरी प्रति पनि गुनासो गरिन ।
अस्मिताले कमल पटेलका बिषयमा जो जसलाई जानकारी भएता पनि ९८४४४१२३६५ मा सम्र्पक राखी खबर गरिदिन आग्रह समेत गरेकी छिन् ।




















