काठमाण्डौँ । एमसीसी उपाध्यक्ष फातिमा सहितको टोली काठमाण्डौं आइपुगेका छन् ।
उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स सुमार नेतृत्वको टोली नेपालको ४ दिने भ्रमणका क्रममा बिहीबार बिहान ९ः२५ बजे कतार एयरवेजमार्फत काठमाण्डौं आइपुगेका हुन् ।
उपाध्यक्ष सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट वार्ता गर्ने कार्यतालिका रहेको छ ।




















