काठमाण्डौं । भारतको ब्रहा्रपुत्र नदीमा भएएको डुंगा दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।
आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना यात्री बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो ।
४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय प्रहरीले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट आईरहेको डुंगासंग ठोक्किएको प्रहरीले जनाएको छ ।
सामाजिक संजालमा हालिएका भिडियोहरुमा डुंगा ठोक्किएपछि नदीमा खस्दै गरेका र डुंगामा झुण्डिने कोशिस गरिरहेकाहरुको दर्दनाक दृष्य देखिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र गतिमा गर्न आदेश दिएका छन् ।




















