काठमाण्डौँ । एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार आज नेपाल आउँदैछिन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी बिहिबार नेपाल भ्रमणमा आउन लागेकी हुन् ।
फातिमा आउने भए पछि उपत्यकाका ३ जिल्लामा सुरक्षा ब्यवस्था कडा पारीको छ । उनी नेपालमा ४ बस्ने कार्यक्रम तय भएको छ । फातिमा आज कतारबाट काठमाण्डौँ आइपुग्ने छिन् ।
फातीमाले प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ । बुधबार मात्रै एमसिसीले एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने भन्दै नेपाल सरकारलाई जवाफ पठाएको छ ।
एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि यो मुद्वा केही साता यता पेचिलो हुदै गएको छ ।




















