साँकेतिक तस्बिर
काठमाण्डौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
२०७७ असोज ३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बुधबार प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अन्तिम नतिजामा ५ हजार २२७ जना उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।
छनौट भएका उम्मेदवारहरुले २०७८ असोज ६ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरु (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय)मा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचित गरेको छ ।
उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।
नेपाल प्रहरीको वेवसाइट : www.nepalpolice.gov.np




















