ललितपुर । नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा बाग्लुङ बडिगार्ड गाउँपालिका ९ बस्ने ३२ वर्षीय युद्दबहादुर केसीलाई ललितपुर कुपण्डोलस्थित युएन पार्कबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी कउन्सिलमा दर्ता भएको नक्कली कागजातको साथै नक्कली लाइसेन्स, परीक्षा प्रवेश पत्र लगायतका जाली कागजात बनाउने कार्यमा संलग्न रहेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी ठोलीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत पाटनबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ ।




















