झापा । झापाको विर्तामोडमा आफ्नै भाईको कुटाईबाट दाईको ज्यान गएको छ । बिर्तामोड नगरपालिका ४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका ३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको कुटपिटबाट आइतबार मृत्यु भएको बिर्तामोड प्रहरीले जनाएको छ ।
आफु सुत्ने कोठामा भात्रु मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उनकै भाइ सोही ठाउँ डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजबंशीको कुटपिटबाट भात्रुको मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
आरोपित भाई हाल फरार रहेको उनको ब्यापक खोजबिन भई रहेको प्रहरीले जनाएको छ ।




















