तनहुँ । बन्दिरपुरमा ट्याक्टर दुर्घटना हुदा गंभिर घाईते भएका चालकको ज्यान गएको छ ।
बन्दिपुर गाउँपालिका १ को स्याउली चिसापानी स्थित डुम्रे–बन्दिपुर सडक खण्डमा ग १ त ३११६ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक बन्दिरपुर गाउँपालिका २ पौवा बस्ने २३ बर्षका सुदिप कपाली र सह चालक ३३ बर्षका माधव बिक गंभिर घाईते भएका थिए ।
दुवै घाईतेको डुम्रै स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा कपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनुहँ दमौलीले जनाएको छ ।
सह चालक बिकको भने उपचार भईरहेको प्रहरीले जनाएको छ ।




















