साँकेतिक तस्बिर
काठमाण्डौं । सोमवार बिहानै देखी काठमाण्डौँ उपत्यका लगायत चितवन र सिन्धुली तथा आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ ।
भारी बर्षाका कारण बागमती र यसको सहायक नदीहरुमा जलसतह बढ्ीरहेको र केहि साना नदी(नालाको पानी सडक किनार सम्म आउन सक्ने विभागले जनाएको छ ।
यस्तै बाग्मती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
यता चितवनमा माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ ।
सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने छ ।
यी क्षेत्र र नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।




















