काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ८९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजा ९७१ नमूना परीक्षणमा आइतबार १ हजार ८९ जनामा संक्रमण पुष्टि ण् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ५ हजार १७० जनाको पीसीआर गर्दा ९७६ जना र २८१ जनाको एन्टिजेन परीक्षण ११३ जनामा संक्रमण देखिएको छ।
आइतबार कोरोना संक्रमणका कारण थप २० जनाको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको मन्त्रालयले जनाएको छ ।





















