काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ जहार ७५६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ३३४ नमूना परिक्षणका क्रममा शुक्रबार १ हजार ७५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ९ हजार ७७३ जनाको पीसीआर गर्दा१ जहार ३५७ जनामा र ४ हजार ५६१ जनाको एन्टिजेन परिक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका सहित पीसीआर तर्फ ७ लाख ६७ हजार २७१ जना र एन्टिजेन तर्फ ८४ हजार ६९३ जना पुगेको छ ।
शुक्रबार नै देशको विभिन्न स्थानमा बसोबास गर्ने संक्रमित मध्ये २ हजार २७४ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा विभिन्न स्थानका २३ जनाले कोरोा संक्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















