तनहुँ । तनहुँको भिमादमा आज परेको चट्याङ लागेर १ युवकको ज्यान गएको भएको छ ।
ज्यान जानेमा भिमाद नगरपालिका ९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।




















