कैलाली । कैलालीको धनगडीबाट प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङ मष्टा गाउपालिका २ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले १ जनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सिंहलाई कैलालीको धनगढी उपमहानगरपालिका ३ चौराहबाट पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ ।




















