साँकेतिक तस्बिर
काठमाण्डौं । त्रिभुवन विमान स्थलबाट आज ७७० ग्राम सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबाईको विमानबाट काठमाण्डौं आएका डोल्पा ठुलो भेरी नगरपालिका( ७ घर भएका ३३ वर्षीय बिष्णुबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त परिमाणको सुन सहित पक्राउ गरेको थियो ।
सोही सुन लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।




















