पोखरा । चीनको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री पोखरा महानगरपालिकालाई हस्तान्तरण गरीएको छ ।
पोखरासँग भगिनी सम्बन्ध गरेका कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे शहरले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको हो ।
प्राप्त स्वास्थ्य सामाग्री एक कार्यक्रम बिच नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरेका हुन ।
कोरोना रोकथाम र नियन्त्रणका लागि २ वटा भेण्टिलेटर, १५ वटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० वटा अक्सिजन सिलिण्डर, ३०० वटा अक्सिमिटर, ८ हजार आरटि पिसिआर किट, ५०० वटा पिपिई सेट र मास्क प्राप्त भएको थियो ।
दाताहरुले दिएको सामाग्री लिन पोखराको एक टोली रसुवागढी सिमानासम्म पुगेका थिए ।
कार्यक्रममा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामाग्री प्रयोग हुने उनले बताइन् ।




















