चितवन । भरतपुर अस्पतालमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार हेटौंडाको टोलीले अस्पतालको लेखा शाखामा छापा मारेको हो ।
अख्तियारले लेखा शाखामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ भने स्टोरमा औषधिको स्टक र बिक्रीको बिवरण हेरेका थिए ।
बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिए पनि बीमाबाट जम्मा १ वटामात्र औषधि निःशुल्क दिने गरेको र अन्य औषधी बाहिरबाट किन्नुपर्ने असप्तालमा आराका बिरामीहरुले जनाएका छन् ।
अस्पतालमा आर्थिक वर्ष ०७३–७४ देखि अनियमितता हुने गरेको अख्तियारमा उजुरी परेको बताइएको छ ।




















