पोखरा । पोखराको भलाममा पहिरोले घर बगाउँदा २ जनाको ज्यान गएको छ । अन्य १ जना घाइते भएका छन् भने १ जना अझै बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिकाको २० को भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उनका पत्नी सुनमायाको ज्यान गएको हो । मृत्तक परिवारका एक छोरो पहिरोमा परेर बेपत्ता भएका छन् ।
श्रेष्ठका अर्का १० वर्षका छोरालाई भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ कास्की प्रहरीले जनाएको छ ।
हराइरहेकाका बालकको खोजी भइरहेको छ । गएराति पोखराका ठुलो पानी पर्नाले धेरै जसो स्थानमा बाढी आएको थियो ।
मौषम पूर्वानुमान महाशाखाले आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सर्तक रहन भनेको छ ।




















