काठमाण्डौ । कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ ।
परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले बताए ।
गत बर्षको जस्तै यो बर्ष पनि होम सेन्टरबाटै परिक्षा सञ्चालनको तयारी पुरा गरिएको बोर्डले जनाएको छ । गएको जेठ महिनामा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी भएता पनि कोरोना महामारीका कारण साउनमा पनि स्थगित गरिएको थियो ।
कक्षा १२ को परिक्षमा देशैभरबाट ३ लाख ५० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ ।




















