काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ५२ जनामा संक्रमण पुष्टी भएको छ ।
बुधबार १४ हजार ९३५ नमूना परीक्षणमा गर्दा २ हजार ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
आज संक्रमण देखिएका मध्ये १० हजार ६१२ नमूनाको पीसीआर गर्दा १ हजार ६४८ जना र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर तर्फ ७ हजार ६४ हजार २९५ जना र एन्टिजेन तर्फ ८३ हजार ९०९ जना पुगेका छन् ।
बुधबार नै ३ हजार ३० जनाले कोरोना जितेका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २० जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको मन्त्रालयले जनाएको छ।





















