तनहुँ । तनहुँको साखर स्थित बल्क उद्योगमाको मोटर बेल्टमा परेर आज एक जना कामदारको ज्यान गएको छ ।
शुक्ला गण्डकी नगरपालिका २ साखरस्थित कञ्चनपुर वेलौरिया नगरपालिका ९ स्थायी घर भएका ओम कुमार श्रेष्ठको न्यू श्रेष्ठ बल्क उद्योगमा काम गर्ने २१ वर्षीय केशव चौधरीको उद्योगको मोटर बेल्टमा परेर सोही बुधबार ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।
मोटरमा परी गम्भीर घाइते भएका उनको तनहुँ सेवा अस्पताल दुलेगौडामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।




















