×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रहरी जवान आधारभूत तालिमका ३ हजार ५७१ जना प्रहरी जवान दीक्षित

  •  गोरखा समाचार
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौँ । १० महिनाको तालिम संगै नेपाल प्रहरीका जवानहरुको आधारभूत तालिमबाछ ३ हजार बढी जवानहरु दीक्षित भएका छन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरुमा २०७७ मंसिर ३ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ३ हजार ५७१ जना प्रहरी जवानहरु मंगलबार दीक्षित भएका हुन् ।

    दीक्षित प्रहरी जवानहरु मध्ये ६५८ जना महिला र २ हजार ९१३ जना पुरुष रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    दीक्षान्त समारोहमा सशस्त्र प्रहरी गण नम्बर १ नक्सालका ९४ जना र केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनका ९६ जना गरी जम्मा १९० जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।

    नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त शिक्षालयबाट ८८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक डा.देवबहादुर बोहराले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त महाविद्यालयबाट १६० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    त्यस्तै गरी १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका ४८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण विराटनगरका ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीका ९५ जना गरी जम्मा ६७१ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    उता २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट तालिम केन्द्रबाट १९४ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीतालिम केन्द्रबाट २०२ जना, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट गणबाट ४८ जना र बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेबाट ४७ जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरातालिम केन्द्रबाट २१० जना प्रशिक्षार्थीहरु दीक्षित भएको प्रधान कार्यालयले जनाएको छ ।

    त्यस्तै गरी लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलतालिम केन्द्रबाट ३९६ जना, लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी गणबाट ९७ जना, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतबाट ९८ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल तालिम केन्द्रबाट ३९५ जना, साथै सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल अन्तर्गत बुडर प्रशिक्षणस्थलबाट २११ जना र राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगंजको दीक्षान्त समारोहमा ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

    दीक्षान्त समारोहका प्रमुख अतिथिहरुले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.